३० भाद्र भोपाल मोबाइल फोनको विषयमा गरिएको सानो मजाकका कारण २० वर्षीया युवतीको ज्यान गएको छ । श्रीमान्ले मोवाइल फोनको विषयमा सानो मजाक गर्दा चित्त दुखाएकी श्रीमतीले तलाउमा हाम्फालेर आत्महत्या गरेको बताइएको छ । भारतको भोपाल शहरमा जया भगोरिया नामकी युवतीले आफ्ना श्रीमानले गरेको मजाकमै चित्त दुखाएर आत्महत्या गरेको बताइएको छ ।

उनीहरुको ६ महिनाअघि प्रेम विवाह भएको थियो । उनका श्रीमान् कपिलले अघिल्लो दिन साँझ जयासँग पुरानो मोवाइल फोन भएको भन्दै उनलाई जिस्क्याएका थिए । पतिको कुराले रिसाएकी जयाले भोलिपल्ट बिहानै घरबाट हिँडेकी थिइन् । पत्नी बिहानै घरबाट हिँडेपछि उनलाई खोज्दै पति कपिल पनि घरबाट बाहिर निस्किए । कपिलले जयालाई रेलवे स्टेशनमा भेट्टाएका थिए ।

पत्नीलाई भेटेपछि कपिलले उनलाई सम्झाइबुझाइ घर फर्काए । उनीहरु घर फर्किंदै गर्दा बाटोमा एउटा इनार थियो । पतीसँगै हिँडिरहेकी जया एक्कासी इनारमा गएर हाम्फालेको कपिलले बताएका छन् । लगत्तै उनलाई इनारबाट उद्धार गरिए पनि इनारबाट निकाल्दासम्म उनको मृत्यु भइसकेको थियो । जयाका माइतीले भने कपिलमाथि यातना र हत्याको आरोप लगाएका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here