२९ भाद्र कूश्मा पर्वत । पर्वत जिल्लाका ७ वटा स्थानिय तह मध्ये कूश्मा नगरपालिकामा हाल सम्म पनि नगर परिषद सम्पन्न हुन सकेको छैन् । एमाले निकट वहुमत कार्यपालिका सदस्यका कारण संघियमामिला तथा स्थानिय विकास मन्त्रालयले वनाएको नमूना कार्यविधि पास नहुदा रोकिन गएको नगर परिषद त्यस नमूना कार्यविधिमा सहमती भएता पनि फेरी योजना छनौटमा गएर नगर परिषद अन्योलमा परेको छ ।

कूश्मा नगरभित्रका सवै सडकहरु पांच वर्ष भित्र पक्की वनाउने सोचका साथ नगर प्रमूख रामचन्द्र जोशीले नगरको समग्र विकासका लागी सडकलाई प्राथमिकता दिने गरि वहूवर्षिय ठूला योजनाहरु सहस्रधारा,कूनाचौर,वडा कार्यालय,नूवार सूवेदीथर,आगाखेत पाड सडक,छमर्के छिपछिपे,कोटगाउं,भूजेलथान अम्वोट सडक,पदमखोल्सी चनौटे सडक,साईकलचोक गहते पोखरा वूमी,ठूलीपोखरी खौला सडक,दोविल्ला पकूवा डाडांखर्क आर्थर पन्चासे दुर्तृमार्ग,आर्थर खौला सडकहरु सालवसाली लागू गर्ने र एकघर एकधारा संचालन गर्ने गरि वजेट विनियोजन गर्ने प्रस्ताव गरेको कूरा एकजना कार्यपालिका सदस्यले जानकारी दिए । तर वहूमत वडा सदस्यहरुले टुक्रे योजना,वडा अनूसार वजेटको भागवण्डा लगाउने र वजेटलाई कनिका छरेजस्तै गरि वाडफांड लगाउने कूरा गरे पछि आज हुने भनिएको कार्यपालिकाको वैठक वस्न सकेन । जस्का कारण आगामी आश्विन ४ गते हुने भनिएको नगर परिषद अन्योलमा परेको छ ।

एक जना कार्यपालिका सदस्यले भने पांच वर्ष भित्र नगरको विकास गर्ने हो भने सडकलाई नै पहिलो प्राथमिकता दिई नाली सहितको कालोपत्रे सडक वनाउन जरुरी छ । त्यस संगसगै अन्य विकासका कार्यहरु समानुपातिक हिसावले सवै वडामा पर्ने गरि वजेट विनियोजन गर्नुपर्दछ ।

प्रत्येक वडावाट योजना माग भई नगरकार्यपालिकामा पेश भई सकेको छ । विषयगत कार्यालयहरुको सूझाव सहित योजनाहरु पारित गर्ने अवस्थामा नगर रहेको छ । नगर प्रमूखले ल्याएको दिगो र वहूवर्षिय योजनामा धेरै कार्यपालिकाका सदस्यहरुको विचार नमिल्नाले आजको वैठक रोकीएको हो ।

लक्षित वर्गको वजेट सवै वडामा समानूपातिक हिसावले विनियोजन गर्ने,जनताको सहभागिताको आधरमा लगानी गर्ने दातृ निकायका वजेटहरुमा साझेदारी गर्न म्याचिड फण्ड विनियोजन गर्ने लगायतका समग्र नगरको विकासका लगी पेश भएका योजनाहरुमा नगर कार्यपालिकाका सदस्यहरुले एकमत भई योजना छनौटमा जानू पर्ने नगर कार्यपालिका सदस्य यदू वास्तोलाले वताए ।

धेरै पछि नमूना कार्यविधि पास गर्ने सहमती भए पछि नगरपरिषदका लागी खूलेको वाटो फेरी अन्योल तर्फ गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here