२९ भाद्र  काठमाडौं,। नेपालमा प्रहरी र ट्राफिक प्रहरीलाई सामान्य रुपमा लिन्छन् । विदेशमा प्रहरी भनेपछि मानिसको नजरमा अलि सतर्कता रहनुपर्छ है भन्ने हुन्छ । तर नेपालमा त्यसको ठिक उल्टो छ, प्रहरी भनेका को हुन् र ? त्यसैले प्रहरीलाई आदर सम्मान गर्नु त कता हो कता उल्टै गाली गलौज गर्नेदेखि कुटपिट गर्ने सम्म गर्दछन् ।

सोमबार मात्रै उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेलले ड्युटीमा रहेका एक ट्राफिक प्रहरीमाथि कुटपिट गरेका थिए । हुन त यस्ता घटना सामान्य हुन् ! यस्ता घटना दैनिक जसो नै नेपालमा हुने गर्छन । एकातिर ट्राफिक प्रहरीको पनि यसमा दोष हुन्छ भने अर्को तिर नियम नटेर्ने सर्वसाधारणको पनि उत्तिकै दोष हुन्छ ।

मनपरी रुपमा लेन मिच्ने, ओभरटेक गर्ने र बिना लाइसेन्स र आवश्यक कागजपत्र बिना नै सवारी चलाउने जस्ता गल्तिहरु सर्वसाधारणले गर्ने गर्छन भने ट्राफिक प्रहरीले पनि कमिसन र पावरको आडमा बिनाकाम सर्वसाधारणलार्इ दुख दिने काम पनि गर्ने गर्छन । यसैविच ट्राफिक प्रहरी र केही युवाहरुबीच कुटपिट भएको भिडियो निकै भाईरल बनिरहेको छ ।

 

https://youtu.be/7Nk_D6GW6Js

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here