भाद्र २९, -मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखीएको पर्चा भेटीएको थियो । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here