२८ भाद्र बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा दशरथचन्द राजमार्गमा बुधबार बिहान बस र जीप एक आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको महाकाली यातायातको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जीप देहीमाण्डौं घुसल्ला मोडमा एक आपसमा ठोक्किएका हुन् ।

तीव्र गतिका कारण मोडमा जीप र बस एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनमा परी गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका वडा नं १ का ३५ वर्षीय डम्मरदत्त भट्ट र बर्दिया शिवपुर ५ घरभई हाल गुरुखोला स्वासथ्यचौकीमा कार्यरत अनमी टीका दहाललाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

यस्तै दुर्घटनामा परेर समान्य घाइते भएका दशरथचन्द नगरपालिका ६ का ५० वर्षीय ध्वजराम लुहार, दनपा ४ का ४४ वर्षीय भानी ऐर र दनपा ४ कै गोमती ऐरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस र जीप आपसमा ठोक्किदा बसको अगाडि र जीपको पछाडिको भागमा क्षति पुगेको छ । जीपमा १० जना सवार रहेका थिए । बस र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here