२८ भाद्र जिल्लाको ढोरपाट नगरपालिका—३ घोसाखानिकी २१ वर्षीय सुत्केरी महिलाको ज्यान गएको छ । गत पाँचदिन देखि विरामी परेकी विलासा विश्वकर्माको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विरामी भएपछि उपचार गर्न बुर्तिवाङ पुगेकी उनको उपचारका क्रममा ज्यान गएको हो । १ महिना पहिले घरमै सुत्केरी भई छोरी जन्माएकी बिश्वकर्मा गत पाँच दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि बुर्तिबाङ स्थित एक मेडिकलबाट औषधि प्रयोग गर्दै आएकी थिइन ।

उनले सोमबार सम्म स्वास्थ्यमा सुधार नभएपछि सोही मेडिकलमा आई परिक्षण गराउँदा निमोनिया संकमण भएको भनी डाक्टरले भनेपछि औषधी लिएर घर फर्केकी थिईन । निमोनियाको औषधीले पनि झन च्याँप्दै जान थालेपछि मंगलबार बिहान स्थानीयले उनलाई स्टेचरमा बोकेर पुनः मेडिकलमा पु-याएका थिए । निमोनियाका कारण अवस्था जटिल भएको भन्दै डाक्टरले बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्थामा लैजान आग्रह गरेपछि पुनः स्वास्थ्य संस्थामा लैजाने क्रममा सुत्केरी बिलासाको ज्यान गएको स्थानीयले बताएका छन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुनिल जैसवालका अनुसार प्राथमिक स्वास्थ्य संस्थामा ल्याउँदा उनको निधन भइसकेको बताए । ‘बचाउने कत्ति प्रयास ग-यांै सम्भव देखिएन ।’ जैसवालले भनेँ, ‘निमोनिया मात्र नभई टाईफाइट पनि थियो उनलाई ।’ घरमै बच्चा जन्माउने क्रममा मृतक विश्वकर्माको दुवै खुट्टा सुन्निएको र त्यसपछि सामान्य हुँदै जटिल विरामी परेको परिवार श्रोतले बताएको छ ।

यस्तो अवस्थामा अचानक निधन हुनुमा स्टेचरमा सुतेकै अवस्थामा पानी पिलाउँदा स्वास नलिमा पानी पस्दा स्वास रोकिएर निधन हुन सक्ने, गर्भवती हुने समयमा स्वास्थ्य संस्थमा नगइ घरमै सुत्केरी गराउनु, बच्चा जन्मने समयमा खुत्टा सुन्निँदा ब्लडप्रेसर बढि हुनु , उपचारका लागि स्वास्थ्य संस्था नपुर्‍याउनु जस्ता अवस्था देखिएको बताइएको छ । प्रत्येक वडावडामा स्वास्थ्य महिला स्वयम सेविका हुदा र राज्यले स्वास्थ्य संस्थामा सुत्केरी गराउनको निम्ती धेरै प्रयास गरेपनि परीवार समाजले समयमै सचेतना नअपनाउँदा यस्ता घटना बढिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here