पर्वत २७ भदौ । पर्वतका साना व्यवसायीहरुबाट दुई दिनको अवधिमा करिब अठ्ठाईस लाख रुपैयाँ कर संकलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखरा र पर्वत उद्योग वाणिज्य संघले कूश्मामा सञ्चालन गरेको घुम्ती कर संकलन शिवीरमा सो बराबरको कर संकलन भएको हो । आईतवार र सोमवार पर्वतमा कर संकलन शिवीर सञ्चालन भएको थियो । ११४५ जना व्यवसायीबाट आय र घरबाहल कर वापत २७ लाख ७४हजार रुपैया राजस्व संकलन भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले जानकारी दिए ।
वार्षिक बिस लाख रुपैया भन्दा कमको कारोबार र दुई लाख रुपैयासम्म नाफा गर्ने व्यवसायीहरुको सुबिधाका लागि शिवीर सञ्चालन गरिएको थियो । उनीहरुले कर तिर्नुका साथै वार्षिक आम्दानी विवरण बुझाएका थिए । कूश्मा,फलेवास नगरपालीका क्षेत्रका व्यवसायीले दुई हजार पाँच सय र गाउँपालीकाकाले एक हजार पाँच सय रुपैयाका दरले वार्षिक आयकर तिरेका हुन् ।

कर अधिकृत गेहेन्द्र गिरीको नेतृत्वमा कार्यालयका ६ जनाको टोली कर संकलनका लागि कूश्मामा आएको थियो । कूश्माबजारका साथै पैयू विहादी,फलेवास,महाशिला,मोदी,जलजला गाउंपालिकाका क्षेत्रका व्यवसायीले कर बुझाएका हुन् । आन्तरिक राजश्व कार्यालय पोखराका अनुसार, पर्वतमा साना ठुला गरि तीन हजार करदाता छन् । कर अधिकृत ज्ञानेन्द्र गीरीले पर्वतमा करदाताहरुले उत्साहका साथ कर तिरेको वताए । अव आगामी वर्ष साना करदाताहरुलाई उद्योग वाणिज्य संघको आग्रहमा यहां वाट नै कर चूक्ताको प्रमाण पत्र दिनका लागी पहल गर्नेछु उनले भने ।

कर तिर्ने रकमभन्दा बढी खर्च गरेर एक दिन पुरै लगाएर पोखरा पुगेर कर तिर्नुपर्ने साना व्यवसायीको समस्यालाई समाधानका लागि कूश्मामा कर तिर्ने व्यवस्था मिलाइएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरीओम शर्मा लामिछानेले बताए । सवै उद्योगी व्यवसायीलाई सजिलोहोस भनी कर चूक्ताको प्रमाण पत्र पनि यहि वाट दिनका लागी आन्तरिक राजस्व कार्यालय पोखरालाई अनूरोध गरिएको जानकारी दिदै अध्यक्ष शर्माले भने व्यवसायलाई प्रवर्धन गर्दै आम्दानी गरेको रकम कानून अनूसार राज्यलाई तिर्नु पनि व्यवसायीको धर्म हो ।

राजश्व कार्यालय पोखराले पर्वत उद्योग वाणिज्य संघसँग सहकार्य गरेर हरेक बर्ष यस्तै किसिमको कर संकलन शिविर सञ्चालन गर्दै आएको छ । छुटेका व्यवसायीलाई पनि कर तिर्नका लागि समन्वय गर्ने पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष केदारनाथ शर्माले वताए । भ्याटमा दर्ता भएका व्यवसायी र संघ संस्थाले भने पोखरानै गएर कर तिर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here