२७ भाद्र काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ। आयोगको सोमबार बसेको बैठकले निर्वाचनका लागि ०७४ मंसिर १० गते आइतबार र ०७४ मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णयसमेत गरेको छ।

आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन भदौ २४ गते सुरु हुने भएको छ । समानुपातिकतर्फ ३० भदौमा अन्तिम नामावली प्रकाशन गर्ने र असोज २९ मा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।

प्रत्यक्षतर्फ पहिलो चरणका लागि कात्तिक ५ देखि ८ सम्म र दोस्रो चरणको निर्वाचनका लागि ०७४ साल कात्तिक १६ देखि १९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । उम्मेदवार मनोनयन दर्ता कात्तिक ५ मा र नामावली प्रकाशन कात्तिक ७ मा गरिने तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here