फाईल फोटो

२५ भाद्र कुश्मा । पर्वत जिल्लाको कुस्मा नगरपालिका–४ छमर्केमा आइतवार दिउँसो  जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा सात जना यात्रु घाईते भएका छन् ।
वाग्लुङ पोखरा सडक खण्ड अन्तरगत पोखरावाट म्याग्दी तर्फ जादै गरेको ग १ ज ६५९३ नम्वरको जीप एक्कासी अनियन्त्रित भई सडकको दाया साईडमा पल्टिदा जिपमा सवार चालक सहित १० जना यात्रु हरु मध्ये चालक सहित ७ जना यात्रुहरु घाईते भएका हुन् । उनिहरुलाई उपचारको लागी जिल्ला अस्पताल पर्वतमा लगिएको छ । गम्भिर घाईते म्याग्दीको रघुगंगा गाउपालिका –७ बस्ने ६० वर्षिया गौमाया पाईजा सोहि स्थानकी हरिमाया रोक्का, विष्णुमाया पुन लाई थप उपचारको लागी पोखरा गण्डकी हस्पिटल पोखरामा रिफर गरिएको छ ।
अन्य चालक सहित ४ जनाको पर्वत जिल्ला अस्पतालमै उपचार भैरहेको छ । जिल्ला अस्पतालमा उपचार भएका घाईतेहरु खतरामूक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको १० जना प्रहरीको टोलीले घाईतेहरुको उद्दार गरेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here