फाईल फोटो

२५ भाद्र , कपिलवस्तुमा झाडु बनाउने घाँस काट्न जंगल गएका दुईजना युवती खोलामा बेपत्ता भएका छन् । रीमा कोहार र इन्द्रावती यादवको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको वसन्तपुर र भडेहर गाउँबीच रहेको खोला किनारमा घाँस काटिरहेकी रीमा कोहार अचानक खोलामा खसेर डुब्न थालेपछि उनलाई बचाउन इन्द्रावती पनि खोला किनारमा गएकी थिईन् । खोलामा डुब्दै गरेकी रीमालाई इन्द्रावतीले बचाउन खोज्दा उनी पनि बगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here