फाईल फोटो

२५ भाद्र बेनी–जोमसोम सडकखण्डको दाना क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा खसेर  दुई जना वेपत्ता भएका छन् । वेपत्ता हुने एक भारतीय नागरिक हुन् ।

मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा शनिबार दिउँसो ४:३० बजे अन्नपूर्ण गाउँपालिका, ३ स्थित काप्रेभीरबाट तल कालीगण्डकी नदीमा खस्दा भारत विहारका अन्दाजी ४५ वर्षीय ललन भन्ने पर्यटक वेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत बाँदरजुङ्गभीरमा सडक मर्मत भैरहेकोले बस रोकिएपछि ओर्लेर दृश्यावलोकन गर्दै गर्दा उनी चिप्लिएर अन्दाजी ५० मिटर तल कालीगण्डकी नदीमा खसेका हुन ।

गहिरो र साँघुरो स्थान भएकाले उद्दार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

छुट्टै घटनामा बिहीबार राति अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गबाट मोटरसाईकलमा बेनी हिंडेका एक मजदुर पनि कालीगण्डकी नदीमा खसी वेपत्ता छन । हेटौंडा घर भै नारच्याङ्गस्थित क्रसर उद्योगमा ट्रिपर चालक रहेका २४ वर्षीय बादल बमजन बिहीबार राति ८ बजे मोटरसाईकल लिएर सदरमुकाम बेनीमा रहेका साथी लिन हिँडेका थिए । बमजन नफर्किएपछि खोजी गर्दा तातोपानी र नारच्याङ्ग जोड्ने कालीगण्डकी पुल छेउबाट तल कालीगण्डकी नदीमा खसेको प्रमाण फेला परेको हो ।

प्रहरीका अनुसार मोटरसाईकलको लुकिङग्लास, चप्पल भेटिएपछि शनिवार पोखराबाट गोताखोर झिकाई खोजी गर्दा समेत उनी फेला परेनन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here