२४ भदौँ  लमजुङ,मध्यनेपाल नगरपालिका ७ रामबजार नजिकैको मिदिमखोला माछा मारेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ । तनहुँ जिल्ला ९ क्याविन घरभई हाल रामबजार बस्दै आएका ३६ बर्षीय बिल बहादुर बोटे को शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार सो खोलामा माछा मारेर फर्किने क्रममा रामबजार नजिकको विजुलीको तारामा भोटे आफैले बोकेको बेटीमा बाधेको बासको े(माछा मार्न प्रयोग गरिएको बासको भाटा) विजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेर मृत्यु भयो ।

उनी केही बर्ष देखि रामबजारको एक होटेलमा काम गर्दै बसेको र बेला बेलामा माछा मार्ने गर्ने गरेको रामबजारका स्थानियले बताएका छन् । उनलाई उपचारका लागी एम्बुलेन्स मार्फत पोखरा स्थित गण्डकी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी निरिक्षक गौरव महतले बताए । उनले भने मृर्तक बोटेको शव लाई गण्डकी अस्पतालमै पोष्टमेटम गरी परिवारलाई बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here