२४ भाद्र खुर्कोट पर्वत । कूश्मा नगरपालिका २ सालवोट खुर्कोटमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन । आक्रमणबाट खुर्कोट सालवोट निवासी ज्योतिस महेश्वर पौडेल घाइते भएका हून । आज वेलुका सांझ ५.३० वजेको समयमा आप-नै घरको आगनमा वाघ आएको देखे पछि सवै मिलेर लखेट्ने क्रममा वाघले आक्रमण गरेको कूरा स्थानिय वासी गूप्तनिधी शर्माले जानकारी दिए ।

बाघले ज्योतिस महेश्रर पौडेलको नाक र हातमा आक्रमण गरेको छ । उनको उपचारका लागी जिल्ला अस्पताल कूश्मा ल्याईएको छ । जिल्ला अस्पताल पर्वतमा रेविज रोग विरुद्ध लगाउने भ्याक्सिन नभएका कारण पोखरा लानू परेको घाईते संगै आएका महेश्रवर शर्माले जानकारी दिए । घाईतेलाई उक्त भ्याक्सिन लगाउनका लागी पोखरा लाने तयारीमा रहेका छन् ।

उनको अवस्था खतरामूक्त रहेको छ ।  गत वर्ष पनि बाघको आक्रमणबाट खुर्कोट वुढाघरमा एक महिलाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here