२३ भाद्र बुटवल : भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुर गाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा सात नेपालीसहित आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिज रहेको भारतीय पत्रकार धर्मेन्द्र पाण्डेले बताएका छन् । पाण्डेका अनुसार चालक हाफिजको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको छ । कारका चालक बाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन। ठक्करबाट कार क्षतविक्षत भएको छ। दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ।

घटनास्थलमा नेपाल प्रहरीको टोली पनि पुगेको जिल्ला प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here