२२ भाद्र धादिङ : धादिङको थाक्रे गाँउपालिकाको सिम्लेबाट प्रहरीले एक बालिकाको उद्धार गरेको छ । पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरी ल्याएको आशंकामा प्रहरीले बालिकालाइ उद्धार गरी अपहरणमा संलग्न एक जनालाइ पक्राउ गरेको हो ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिकाको सिम्ले बजार नजिक खेष्टेखोलामा शंस्कापद अवस्थामा भेटिएको ब्यक्तिबाट बालिकाको उद्धार गरिएको प्रहरीले बताएको छ । बालिका अपहरणको आशंकामा पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका धार्केस्थित चालिसे घर भएका २७ वर्षीय सन्तोष सापकोटाले रहेका छन् ।

सापकोटाले पोखराको चिप्लेढुङ्गामा कवाडी सामान संकलन गर्ने सुनिल र मन्जु भनिने थर नखुलेको व्यक्तिको दुई वर्षीय छोरी रोशनी नाम गरेको बालिकालाई घरमा अविभावक नभएको बेला रेखदेख गरिदिने बहानामा शंकास्पद रुपमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । शंकास्पद अवस्थामा बालिकालाई बोकेर हिडिरहेको देखेपछि गस्तीमा गएको प्रहरीले सापकोटालाइ नियन्त्रणमा लिइ सोधपुछ गरेको थियो ।
उद्धार गरिएकी बालिका र सापकोटालाइ प्रहरी चौकी गल्छी बैरेनीमा वुझाइएको छ । बालिका अहिले प्रहरी चौकी गल्छीमा रहेकी छन् । सोधपुछको क्रममा सापकोटाले बालिकालाई आफुले २० गते दिउँसो पोखराबाट ल्याएको प्रहरीसंग बताएका थिए । बालिकालाइ किन ल्याइयो भन्ने विषयमा नखुलेपनि अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।अन्नपूर्णपोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here