२२ भाद्र भोजपुर: खोलामा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ। पूर्वी पौवादुङ्मा गाउँपालिका १, श्यामशिला निवासी धन बहादुर तामाङका बर्ष १२ का निरज तामाङको विहीबार स्थानिय घट्टेखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको थियो।

विहीबार दिउँसो परिक्षा सकेर साथिहरुसँग गर्मीमा पौडी खेल्न गएका नीरजको भोजपुर नगरपालिका वडा नं ९, पोखरे र १०, भैँसीपंखाको सिमानामा पर्ने घट्टे खोलाको नागदहमा दिउँसो २ बजे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका ईन्सपेक्टर गीत नारायण चौधरीले जानकारी दिए।

भोजपुर सदरमुकामस्थित सगरमाथा हाईयर ईङ्लिस बोर्डिङ स्कूल कक्षा ७ मा अध्ययनरत निरजको पौडी खेल्दाखेल्दै डुबेपछि उनका अरु साथीहरुले नजिकै रहेका अरु १७/१८ बर्ष उमेरका ठिटाहरुलाई डाकी नागदहबाट निकालिएको ईन्सपेक्टर चौधरीले बताए।

मृतक निरजको लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ।पोष्टमार्टमपछि शवलाई परिवारजनको जिम्मा लगाईने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here