शिवराज शर्मा २१ भाद्रकूश्मा पर्वत सामाजिक सेवामा कृयाशिल लाईन्स क्लव अफ कूश्मा सीटिले जिल्लाको कुश्मा नगरपालिका वडा नं २ खुर्कोटस्थित सुर्योदय विद्यालयका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराइएको छ । उक्त सूर्योदय प्रा.वि.का १० जना फरक क्षमता भएका व्यक्तिहरुलाई शैक्षिक सामाग्री,स्टेशनरी एक वर्षका लागी खेलकूदका सामाग्री क्यारेमवोर्ड,वल,मनोरन्जनका सामाग्री मादल,वाजा लगायत रु २० हजार वरावरको उपलव्ध गराएका छन् ।

लायन्स क्ल्व अफ कुश्मासिटीका अध्यक्ष रिता केसी भण्डारी, उपाध्यक्ष  सरस्वती शर्मा जिज्ञासु, एलसीआईएफ कोअर्डिनेटर मुना शर्मा लामिछाने र सदस्य रेणु श्रेष्ठले आफ्नो जन्मदिनमा गरिने खर्च कटौती गरेर अपांगता भएकाहरुलाई सहयोग गरेका हुन् ।  उक्त विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सो सहयोग हस्तान्तरण गरेको मुना शर्मा लामिछानेले जानकारी दिइन् ।  उनले देशभरको विभिन्न जिल्लाबाट पढ्न आएकाहरुलाई सहयोग गर्नपाउदा खुसी लागेको बताइन् ।

लायसन्स क्लव अफ कुश्मासिटीका अध्यक्ष रिता केसी भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा कुश्मा नपा वडा नं २ का वडा अध्यक्ष यदुनाथ वास्तोला, जोन चियर पर्सन विषमकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती शर्मा जिज्ञासु, लायन्स क्लव अफ मोदीकालीका अध्यक्ष राजन कुमार श्रेष्ठ, लायन्स क्लव अफ चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्य, कुश्मासिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारी, स्थानीय शिक्षाप्रेमी द्रोणराज उपाध्याय लगायले आफ्ना आफ्नो मन्तव्य राखेका थिए ।  कार्यक्रम संचालन क्लवका सचिव पुष्पा पौडेलले गरेकी थिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here