२१ भाद्र विदेश अध्ययन गर्न चाहने विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ लिन शिक्षा मन्त्रालयमा भिड लागेको छ । शिक्षा मन्त्रालयका ‘नो अब्जेक्सन लेटर’ शाखा प्रमुख डिल्लीश्वर प्रधानका अनुसार सोमबार ६६४ जनाले यस्तो पत्र लगेका छन् ।
प्रधानका अनुसार जापानमा अक्टोबर इन्टेकमा भर्ना हुन यस्तो पत्र लिनेहरूको भिड लागेको थियो । प्रायः सो शाखामा दैनिक दुईदेखि तीन सय विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिने गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा विदेश अध्ययनका लागि ६० हजार ६ सयभन्दा बढीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । नेपाली विद्यार्थीको प्रमुख आकर्षक गन्तव्यका देशमा अस्ट्रेलिया, जापान, भारत, अमेरिकालगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here