२१ भाद्र भक्तपुर : जिल्लाको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका एक युवकले टिनको टहराको बाँसको बलोमा बिजुलीको तारले पासो लगाई  झुण्डिएर आत्महत्या गरेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार वागेश्वरीस्थित नयाजुटोलका २१ वर्षीय बुद्ध नयाजुले मंगलबार आत्महत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रनाउ प्रसाईंका अनुसार बुद्ध आफ्नै टहरामा झुण्डिएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा परिसर भक्तपुरबाट वरिष्ठ प्रहरी अधिकृतसहितको प्रहरी टोली पुगेको थियो । उक्त प्रहरी टोलीले झुण्डिएर मृत अवस्थाको बुद्धको लास पोष्टमार्टमको लागि भक्तपुर अस्पताल पठाएको थियो ।

लासको पोस्टमार्टमपछि मंगलबार नै बुद्धका आफन्तहरुको जिम्मा लगाइएको प्रनाउ प्रसार्इंले बताए । उनका अनुसार घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here