भाद्र २०, हिमाली जिल्ला मनाङमा मंगलबार अपरान्ह जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा परेर चालकहित १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मनाङकै नेस्याङ गाउँपालिका ३, ङावलका ६३ वर्षीया निमा छुमा लामा रहेको प्रहरीले जनाएको छ ।

तल्लो मनाङबाट सदरमुकाम चामे हुँदै माथिल्लो मनाङको लागि जाँदै गरेको ग१ज ६३१५ नं. को जिप नेस्याङ गाउँपालिका १, स्वर्गद्वारी नजिकै दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप स्वर्गद्धारीको मर्स्याङदी नदीमाथि बनाइएको मोटरेवल पूल नजिकैको मोडबाट खसेर दुर्घटना भएको हो ।

केहीलाई चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको र केहीलाई ल्याइँदै गरेको डीएसपी वीरबहादुर पुलामीले बताए । जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here