पर्वत । नेपाल निजामित कर्मचारी युनियन संघ कार्य समिति पर्वतले बार्षिकत्सवको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
सोमवार जिल्ला अस्पताल पर्वत परिसरमा संघ कार्य समितिले आफ्नो स्थापना दिवसको १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालका सबै विरामीहरुलाई फलफुल वितरण गरेको नेपाल निजामित कर्मचारी युनियन संघ पर्वतका सदस्य दिनेश सापकोटाले जानकारी दिनुभयो ।
नेपाल निजामित कर्मचारी युनियन संघ पर्वतका पदाधिकारी सहित जिल्ला अस्पताल पर्वतका निमित्त प्रमुख सरोज दाहालले विरामीहरुलाई फलफुल वितरण गदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन नेपाल निजामित कर्मचारी युनियन संघका सदस्य दिनेश सापकोटाले गर्नुभएको थियो ।