१९ भाद्र भोजपुरः भोजपुर नगरपालिकास्थित करेन्ट लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ। भोजपुर नगरपालिका वडा नं ५, बोखिम काफ्ले निवासी ५६ बर्षीया दिलकुमारी तामाङको करेन्ट लागेर सोमबार दिउँसो घटनास्थलमै मृत्‍यु हो।

घरमा मध्यान्ह साढे ३ बजेतिर बेलुकीको खाना बनाउन ईलेक्ट्रिक राईस कुकरको प्लग लाईनमा जोड्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको छिमेकी भीम बहादुर राईले बताए।

घटनापछि हतारिँदै हेर्न भेला भएका वरपरका छिमेकी गाउँलेले करेन्ट लागेको लाईनको प्लग नजिकै मृत अवस्थामा लडेको  देखेपछि आफुहरुले प्रहरीलाई सम्पर्क गरेको उनीहरुले बताए।करेन्ट लागेर दिलकुमारीको दाहिने हातका पाखुुरा र दाहिने खुट्टा जलेर डढेको अवस्थामा उनको शव भेटिएको थियो।

घटनापछि तामाङको लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याईएको छ। पोष्टमार्टमपछि उनको शव आफन्तजनलाई जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।मृतक दिलकुमारी अविवाहित रहेको र एक्लै घरमा बस्ने गरेको प्रहरीको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here