१९ भाद्र कूश्मा पर्वत । फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्माले आज जिल्लामा नै आएर पत्रकार संम्मेलन गरेका छन् । फलेवास नगरपालिकाले हालै मात्र कृषिको उत्पादनको निकासी करमा लगाएको करको विषयमा स्पष्ट पार्नका लागी पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । उनले कृषि कर व्यवसायीक किसानहरुलाई प्रोत्साहन गर्न लगाएको धारणा राखे,उनले अव झोले,डोके कृषकहरु निरुत्साहित भई ट्याक्टर र ट्कमा उत्पादनको विक्री वितरण गर्नका लागी प्रोत्साहन गर्दछ भने ।

फलेवास नगर भित्र वेचविखन गर्दा कूनै कर नलाग्ने तर फलेवास नगर वाहिरा जांदा भने निकासी कर लाग्ने वताए । हामीले कृषिमा व्यवसायिकीकरण गर्न खोजेका छौं यस्मा सवै पत्रकार मित्रहरुले सहयोग गर्नुप-र्यो भन्दै उनले फलेवासको समृद्धिका लागी लागू गर्न खोजिएको कर प्रणालीलाई सकारात्मक रुपमा वुभन अनूरोध गरे ।

फलेवास नगरले एकिकृत वस्तीको विकास,स्वास्थ्य चौकीमा  १० वजे दखी ५ वजे सम्म सेवा प्रदान,सवै विद्यालयमा अनिवार्य अंग्रेजी शिक्षा,विद्यार्थी,शिक्षक लगायत सवैको पोशाक परिवर्तन र कार्यालय जांदा अनिवार्य पोशाक लगाउनू पर्ने वताए । फलेवास नगरका ११ वटा वडाका मा.वि.स्तरका २२ जना शिक्षकहरुलाई तालिम संचालन गरि उनिहरुमार्फत प्रत्येक विद्यालयमा फिल्ड सिकाई गर्ने र त्यको माध्यम द्धारा सवै विद्यालयमा शैक्षिक गूणस्तरमा व्यापक सूधार गर्ने योजना वताए ।

पत्रकारको जिज्ञासमा उत्तरदिदै उनले कृषिमा पहिलो करको सूरुआत गरेको र अन्य एकिकृत सम्पती कर,व्यवसायीक कर ,गिटिढुड्गा वालूवाको कर पनि निटक भविश्यमा नै लगाउने जानकारी गराए ।
फलेवास नगरपालिकाले निकासी करका लागी विभिन्न नाकामा रकम नै तोकेर २२ प्रकारमा कृषिका उत्पादनमा करलगाउने गरि यस अघि टेण्डर गरि सकेको छ । उक्त करको विषयमा लिएर कृषक तथा आम नागरिकले व्यापक विरोध र चासो लिए पछि पत्रकार सम्मेलन नै गरेर जानकारी गराउनू परेको हो । साना किसानहरुलाई कर नलाग्ने भने ता पनि टेण्डर निकाल्ने नाकाको उकमूष्ठ कर तोकिएकाले टेण्डर लिनेले सवै प्रकारका किसानहरु संग कर लिनूपर्ने अवस्था हूनेछ । यस्ले व्यवसायिक किसानहरुलाई प्रोत्साहन गर्नुका साटो निरुत्सहित गर्ने संभावना रहेको छ किनकी कृषि उपज कतिमा विक्री हूनेहो कूनै ग्यारेण्टी छैन र वजारको प्रतिष्प्रर्धा पनि छ तर निकासी गर्दा पहिले नै नगरलाई कर तिरेर मात्र निकासी हून्छ त्यसकारण व्यवसायीक किसान निरुत्साहित हून्छन् । साना झोले र डोके किसानहरु करको कारण सस्तो मूल्यमा नजिकैको पसलमा वेच्नू पर्ने वाध्यता अउदछ । त्यसकारण पनि कृषि उपजको कर प्रणाली खास गरि तरकारी जन्य पदार्थमा लगाएको कर  सफल नहुने देखिन्छ ।
कार्यक्रममा फलेवास नगरका कार्यकारी अधिकृत मोती सापकोटाले कृषि कर फलेवास भन्दा वाहिराका उपभोक्ताले तिर्ने भएकाले नगर भित्रका कूनै पनि सेवगा्रहीलाई मर्का नपर्ने वताए ।

नगरका अन्य आम्दानी गर्ने श्रोतहरु हूदाहूदै सर्वप्रथम किन कृषिमा नै कर लगाउन पूगे प्रमूखले त्यो भने सर्वत्र जिज्ञासाको विषय वनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here