भाद्र १९ नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी आगामी भदौं २८ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटहीको व्यवस्था गर्ने भएको छ । नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट आगामी २८ गतेदेखि ५, १० , २०, ५० र १ सय दरका नयाँ तथा सफा/सुकिला नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

ती नोटहरु प्रति व्यक्ति अधिकतम २० हजार रुपैयाँसम्म साट्न सकिनेछ । राष्ट्र बैंक मुद्रा सटही काउन्टरहरुबाट भने सर्वसाधारणले अधिकतम २७ हजार रुपैयाँसम्म साट्न सक्ने बैंकको सूचनामा उल्लेख छ ।

संबैधानिक निकाय, सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ/संस्थालगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ नोटको उपलब्धता हेरी बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको काउन्टरबाट पर्सीदेखि ३० गतेसम्म सटही सुविधाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here