१८ भाद्र विराटनगर स् पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ७ गोठगाउँमा आइतबार बिहान स्कारपिओ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका( २ का ३२ वर्षीय रामप्रसाद राई र झापा सुरुङ्गाकी २१ वर्षीय विमला राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए।

कटुवालका अनुसार दुर्घटनामा झापा पृथ्बीनगर( ५ की १८ वर्षीय विनु राई घाइते भएकी छन् । गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ४७५७ नम्बरको स्कारपिओ बिहान साढे ४ बजे नियन्त्रण गुमाएर सडकबाट खसेपछि रुखमा ठोक्किएर दुर्घटना भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन्।

दुर्घटनामा परेर स्कारपिओ पूर्ण रुपमा क्षति भएको छ। प्रहरीका अनुसार स्कारपिओका आधिकारिक चालक पुण्यप्रसाद तिम्सिना भएको पत्ता लागे पनि गाडी कसले चलाएको थियो भन्ने बारेमा खुलिसकेको छैन। प्रनि कटुवालका अनुसार चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन्। ‘आधिकारिक चालक तिम्सिनाको मोवाइल नम्बर पनि स्विचअफ छ,ु उनले भने, ‘दुर्घटना भएपछि फरार भएको हुन सक्ने आशंकामा खोजी थालिएको छ।ु दुर्घटनामा परेको गाडीको प्रकृति हेर्दा चालक पनि घाइते भएको हुन सक्ने कटुवालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here