१७ भाद्र कूश्मा पर्वत । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापती खिम प्रसाद भूषालले कूश्मा नगरपालिकाको विषयमा पत्रकार सम्मेलनको अयोजना गरे । पत्रकार सम्मेलन गर्दै स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात गत असार मसान्तमा सम्पन्न गरि सक्नूपर्ने नगर परिषद नेकपा एमालेको वहूमत सदस्यका कारण रोकिन गएको जानकारी गराए । उनले नेपाली कांग्रसले कूश्मा नगरको नगरपरिषद रोकिन गएको कूरा थाहा पाए पछि औपचारिक अनौपचारिक रुपमा एमालेका जिल्ला अध्यक्ष पदम गिरी संग कूरा गरेको तर कूनै निकास दिन नखोजेको समेत वताए ।
कूश्मा नगरमा जनप्रतिनिधिहरु निर्वाचित भई सके पछि उनिहरुले नगरको विकासका लागी जून सपना देखेर नगरलाई समृद्ध वनाउन जनता सामू वाचा गरेका थिए ति कार्यान्वयनमा जानका लागी ने।क।पा। एमालेका अध्यक्ष पदम गिरी वाधक वनेको धारणा राखे । उनले हिजो जून पार्टि वाट टिकट पाएर चूनाव लडे पनि चूनाव जिति सकेपछि अव निर्वाचित जनप्रतिनिधिहरु जनताको प्रतिनिधिहरु हून उनिहरुलाई ५ वर्ष काम गर्न म्याण्डेट प्राप्त भएको छ ।
त्यसकारण जनताका प्रतिनिधिहरुले नगरमा वसेर आपनो समस्या आफै समाधान गर्दछौं भनि १५ भाद्रमा गरेको सहमती एमालेको पार्टि कार्यालय पूगेपछि एमालेका अध्यक्षको निर्देशनमा तोडेको समेत आरोप लगाए । नेपाली कांग्रेस वाट टिकट दिएर निर्वाचित भएपनि अव जन प्रतिनिधि भएकाले पार्टिले कूनै हस्तक्षेप नगर्ने समेत वताए तर नेकपा एमालेले पार्टि कार्यालय वाट कूश्मा नगरपालिका चलाउन खोजेको आरोप लगाए । वहूमतको नाममा नगर प्रमूखलाई हात वाधेर वस्नेखालको कार्यविधि पारित गर्नुपर्दछ भन्ने तानासाही प्रवृतिको हामी खूलेर विरोध गर्दछौं उनले भने ।
सभापति भूषलले भने पर्वतका सात वटा स्थानिय निकायमा त्यहि संघियमामिला तथा स्थानिय विकास मन्त्रालयले वनाएको नमूना कार्यविधि हूवहू पारीत गरि संचालन गर्नहूने तर कूश्मा नगरपालिकामा के त्यस्तो कारण भयो पारित गर्न नहूने यस्को चित्तवूभदो जवाफ जनतालाई दिनु पर्दछ । वहूमतको कूरा गर्ने हो भने विहादी गाउपालिकामा एमाले अल्फमतमा छ,अध्यक्ष अपाध्यक्ष र अपाध्यक्ष एमाले वाट निर्वाचित भएका छन् र पनि हामी यो स्थानिय सरकार हो स्थानिय सरकारका प्रमूखहरुलाई केहि अधिकार चाहिन्छ भनि जनताको विकासलाई एकमिनेट पनि रोक्नू हूदैन भनेर परित गयो र गाउपालिका परिषद समेत भई आज विकासको गति लिएको छ । तर कूश्मा नगरपालिकामा एमाले निकटका वहूमत सदस्य छन् भन्दैमा जनताका अतिआवश्यक सेवाहरु सामाजिक शूरक्षा भत्ता,सूत्केरीको उपचार खर्च,पशूको प्रजनन् सेवा,अपाड्ग,महिला,वालवालिकाको वजेट समेत रोक्ने काम भएको छ यस्ले नेकपा एमाले नगरवासी प्रति कहिनेर पनि उत्तरदायि छैन भन्ने प्रमाणित गर्दछ । समस्या समाधान गर्नुको साटो नेपाली कांग्रेसलाई दोष दिदै मिडिया वाजी गर्दै हिड्नू एमाले जिल्ला अध्यक्षले जनता प्रति भ्रम सृजना गरेका छन् भन्दै नगरको निकासका लागी नमूना कार्य विधिमा उल्लेख भएको १५ नम्बर बुदाको १, २ र ३ मध्ये ३ नम्बरमा उल्लेख भएको वजेट,निति र कार्यक्रम वाहेकका कार्यहरुमा नगर प्रमूखलाई दिईएका अधिकारको विषयलाई पारित गरेर जानूको कूनै विकल्प नभएको वताए ।
कुश्मा नगरपालिकाको कार्यपालिकामा प्रमुख, उपप्रमुख सहित ७ जना काँग्रेसको तर्फ वाट र एमालेका १६ जना सदस्य रहेका छन् । २४ जनाको कार्यपालिकामा एक जना सदस्य जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले खाली रहेको छ । यसरी एमालेको बहुमत छ ।
बिहिबार एमालेबाट निर्वाचित वडा अध्यक्ष सुबास पौडेल र शिव पौडेलले प्रमुख रामचन्द्र जोशीसंगको छलफलमा प्रमुखलाई नमूना कार्यविधिकिो १५, ३ मा उल्लेख भएको अधिकार दिने तर बहुमतको कूरालई मनन गरिनेछ र छ वटा बिषयगत समितिमा काँग्रेसले दुई र एमालेलाई चार वटा दिने गरी हस्ताक्षर गरेका थिए । त्यसको केही घण्टामै एमाले पर्वतका अध्यक्ष पदम गिरीले सहमति भाँडेका हुन ।

कार्यक्रममा पार्टि सचिव यूक्त प्रसाद श्रेष्ठले नगर कार्यपालिकाले वजेट,निति र कार्यक्रम पारित नगरेमा नगर प्रमूखले के गर्न सक्दछ ? जून कूराहरु अनिवार्य रुपमा कार्यपालिकाले पारित गर्नुपर्दछ त्यस्ता कूराहरु कार्यपालिकाले नै गर्ने उल्लेख छ । यस्ता विना आधारका कूराहरु उठाएर नगरलाई वन्धक वनाउनू हूदैन । अब एमालेको अबरोध बिरुद्ध नगरबासीको माझमा जानुको विकल्प नभएको बताउदै,जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका नगर प्रमुखलाई काम गर्न नदिनु भनेको एमाले नेतृत्वको रवैया आफैमा गैरराजनीतिक र अलोकतान्त्रिक भएको पुष्टि हुन्छ भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here