तस्विर श्रोत जिल्ला प्रहरी कार्यालय पर्वत

१७ भाद्र कूश्मा पर्वत । जिल्ला पर्वत कुश्मा न.पा. वडा नं.१ मालढुङ्गा टिमुरे स्थित कालिगण्डकी नदीको किनारमा नामथर वतन नखुलेको आज दिउसो १.३० वजे मृत लास फेला परेको प्रहरीले जनाएको छ । झट्टहेर्दा मंगोलियन जस्तो देखिने,दाहिने खुट्टाको पन्जामा कालो कोठी जस्तो चिन्ह भएको, अन्दाजी बर्ष ३५्४० की महिलाको लाश भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा ७ जनाको टोली खटी गई घटनास्थल तथा लाश जाँच प्रकृती मुचुल्का वनाई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको प्रहरीले जनाएके छ ।

अहिले मृत लास पोष्टमार्टमका लागी पर्वत जिल्ला अस्पतालमा लगिएको छ । अन्य थप अनुसन्धान भईरहेको जनाईएको छ । यस सम्वन्धी कोही कसैलाई कुनै पनि जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्वत खवर गरिदिन समेत प्रहरी निरिक्षक लिलाराज लामिछाने अनूरोध गरेका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here