तस्विर श्रोत जिप्रका पर्वत

पर्वत कूश्मा १७ भाद्र पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने मुलुककै अग्लो मध्ये एक कुस्मा – ज्ञादी झोलुङ्गे पुलबाट गत साउन १४ गते अन्दाजी १० वजे राती हामफालेर धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षिय अकिन गुरुङ् र ललितपुर उपमहानगरपालिका –१४ ढिलाहिटीकी २५ बर्षिया मुना रानाले आत्महत्या गरेका थिए ।

पूलको नजिकै होटलमा खाजा खाए पछि उक्त पुलबाट राती १० बजेको समयमा हाम फालेका जोडीको शब साउन १५ बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको थियो । उनीहरु घुम्नका लागि मूस्ताड हूदै पर्वत आएका थिए । । उनिहरुले मुस्ताङ्ममा निकै रमाईलो संग घूमघाम गरि विताएको क्षण उनिहरुको मोवाईलमा कैद भएका तस्विर वाट देख्न सकिन्छ ।

उनीहरु घुमफिरमा निक्कै आनन्द लिएको देखिन्छ । तस्बीर हेर्दा उनीहरुमा त्यस्तो,नैरास्यता कूनै चिन्ता देखिदैन हाँसी खुसी नै देखिन्छन् । त्यसरी घुम्दै हिडेको जोडि पर्वतको पर्यटकिय स्थल झोलूड्गे पूलामा आए पछि किन आत्महत्या जस्तो कठोर निर्णय गरे यो प्रश्न अनुत्तरित नै छाडेर गएका छन् । लाउलाउ. र खाउंखाउं भन्ने उमेरमा आपनो उर्जाशिल जवानीलाई किन आत्माहत्या गर्ने जस्तो कठोर निर्णयमा पू-याए कसैले वूभ-न सकेका छैनान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here