संगिता क्षेत्री, नाग्लीवाङ पर्वत। पर्वतको जलजला गाउपालिका वार्ड नम्बर ८ साबिक नाग्लिबाङको जनकल्याण माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको विदाई गरिएको छ ।

२०३७ साल माघ २५ गतेदेखि २०७४ साउन ४ गतेसम्म निरन्तर सोहि विद्यालयमा शिक्षण पेशामा रहेका शिक्षक हरिनाराण रेग्ग्मीको विद्यालयले आज विदाई गरेको हो । अनिवार्य अवकाश प्राप्त शिक्षक रेग्मीको सम्मानका साथ विदाई गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय वयवस्थापन समितिका अध्यक्ष वावुराम केसीको अध्यक्षता आज भएको विदाई कार्यक्रममा प्रमुख अतिथी स्रोत व्याक्ती शुभन्तनाथ सुबेदी, भु. पु बिद्यार्थी खिम बहादुर जि सि (प्रकास) राम्जी रेग्मी र नब निर्वाचित शिक्षक अभिभाबक संघका अध्यक्ष ओमबहादुर जि सि, पुर्ब बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर जि.सी., भीमबहादुर रेग्मी र बिदाई हुनु भएका शिक्षक हरि नारायण रेग्मीले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक नारायणदत्त रेग्मीले गर्नु भएको थियो । यसैविच आज नै भएको भेलाले ओमबहादुर जि.सी. को अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।

सदस्यहरुमा रामचन्द्र रेग्मी ,शोभा रोका ,हरि नगरकोटी ,मनिता परियार ,मनिकला परियार , लेखनाथ चापागाईं  र मिना के.सी. रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here