१६ भाद्र विराटनगर: मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले लागूऔषधसहित एक युवालाई बिहीबार साँझ पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का २० बर्षीय रोशन खतिवडालाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनलाई इलाका इलाका प्रहरी कर्यालय नेमुवाबाट खटिएको टोलीले बेलुका ७ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले खतिवडाको साथबाट शरीरका विभिन्न भागमा लुकाएर भारतबाट ल्याउँदै गरेको लागूऔषध ९ एम्पुल डाईजेल्याब, ८ एम्पुल लुपिजेसिक र ५ एम्पुल एभिल बरामद गरेको छ। खतिवडा विरुद्ध शुक्रबार लागूऔषध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here