फाईल फोटो

१६ भाद्र पोखरा(अन्नपूर्ण): माछापुछ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको सभ्य समता बचत तथा ऋण सहकारीबाट २५ लाख ६६ हजार रुपैयाँ चोरी भएको छ।

राति भएको चोरीको खबर सहकारी कर्मचारीले बिहीबार बिहान पाएका थिए। भल्ट नै फुटालेर उक्त रकम चोरी भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्क खत्रीले जनाए।

उनका अनुसार सहकारी रहेको घरको झ्याल फोरेर चोर भित्र पसेको पाइएको छ। गाउँपालिका केन्द्र रहेको बजारमा सञ्चालित सहकारी स्थानीय यदु अधिकारीको घरको भुईतलामा छ।

सहकारीले गार्ड र सिसी क्यामेरा पनि नरहेको घटना पुगेर फर्केका डिएसपी खत्रीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here