१६ भाद्र काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचनको लागि पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। आयोग पदाधिकारीहरुको बैठकले जिल्ला नै किटेर ३२ जिल्लाको नामावली सार्वजनिक गरेको हो ।

बैठकले आगामी मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा आयोगका माननीय सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको थियो

२०७४ साल मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला
प्रदेश नं १  : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४  : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र  रोल्पा,
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं : दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

२०७४ साल मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ :  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,
प्रदेश नं ६ :  सल्यान, सुर्खेत र  दैलेख,
प्रदेश नं ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी ।