साजन परियार ३० साउन धौलागिरी बहुद्देश्यीय महिला विकास समिति पर्वतले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम हिजाे सम्पन्न भएको छ । कार्यक्रममको उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले महिलाहरु सहकारी मार्फत उद्यमी बन्नुपर्ने बताउनु भयो । नेपालको संविधान २०७२ ले पनि महिला अधिकारका लागि प्रशस्त अधिकार प्रधान गरेको बताउँदै आफ्नो अधिकार प्राप्तीका लागि लड्न सुझाव दिनुभयो । नेता जोशीले महिलाहरु चुलो चौकोमा मात्र सिमित हुने पराम्परा अव तोड्नुपर्ने बताउनु भयो । महिला पुरुष एक रथका दुई पाङग्रा भएको बताउँदै सँसद जोशीले समाज रुपान्तरणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
 
कार्यक्रमका विशिस्ठ अतिथि व्यवस्थापिका सँसद सदस्य कल्पना चापागाई महिलाहरु अधिकार प्राप्तीका लागि लड्नुपर्ने बताउनु भयो । उहाँले तिजमा हुने तड्कभड्कलाई कम गदै सामजिक काममा लगानी गर्न सुझाव दिनुभयो ।
 
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिताकाफ्ले लामिछानेले तिजलाई सवैले सभ्य रुपमा मनाउनु पर्ने बताउनु भयो । कुश्मा नगरपालिकाका –४ का वडा अध्यक्ष मिना कर्माचार्य, कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा, नेपाली काँग्रेस पर्वतका सदस्य सरस्वती शर्मा‘जिज्ञासु’, लगायतले तिजको शुभकामना दिनुभएको थियो । सभ्य र भव्य रूपमा संपन्न भएकाे उक्त  कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य तथा शिक्षक संघका पूर्व अध्यक्ष डाक्टर चुडामणि शर्मा,नेपाली काँग्रेसका सल्लाहकार काशी कूमार जाेशी,लाेकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणाेश वहादुरर क्षेत्री,निजामती करर्मचारी संघका पूर्व अध्यक्ष,पशूराम पूरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
 
उक्त कार्यक्रममा ७० बर्षभन्दा माथि ६ जना बृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । धौलागिरी बहुद्देश्यीय महिला विकास समिति पर्वतका अध्यक्ष कलावती पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सरस्वती पाण्डे र कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोमादेवी शर्माले गर्नुभएको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here