साजन परीयार २८ साउन कुश्मा, पर्वत । बालमैत्री स्थानिय शासन सम्वन्धी दुई दिने अभिमुखीकरण तालिम पर्वतको कुश्ममा शुरु भएको छ । कुश्मा नगरपालिकाको आयोजना र संघीय माहिला तथा स्थानिय विकास मन्त्रालय युनिसेफ/ स्वशासन अध्ययन प्रतिष्ठानको सहयोग र समन्वयमा तालिमको आयोजना गरिएको हो । बालमैत्री नगरको प्रकृया अघि बढाउन उत्प्रेरणा जगाउने विकास निर्माणका कृयाकलापलाई बालमैत्री बनाउन सहयोग पु-याउने सरोकारवाला निकाय वा ब्याक्तिलाई बाल अधिकारप्रति प्रतिबद्ध गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिममा कुश्मा नगरपालिकाका वडा अध्यक्ष,राजनितिक दलका प्रतिनिधी वडा नागरिकमञ्चका प्रतिनिधी, महिला स्वयमसेविका, विद्यायकका शिक्षक, बालक्लब युवाक्लबका प्रतिनिधी र स्थानिय संघसंस्थाका प्रतिनिधी गरि ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाट गदै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले वालवालिकालाई वालमैत्री तवरले हुर्किने वाताबरण मिलाउनुपर्ने वताउनुभयो । उहाँले वालवालिकाको संवेदनशिलतालाई राम्रो संग वुझेर उनीहरु संग व्यवहार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कुश्मा नगरपालिका भित्रका संरचना वालमैत्री नरहेको वताउँदै जोशीले नगरपालीकालाई वालमैत्री वनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो कार्यक्रममा स्थानिय विकास मन्त्रालयका शाखा अधिकृत एकनारायण वास्तोला, कुश्मा नगरपालिकाका अधिकृत हिरामणि सुवेदी लगाउतले बोल्नुभएको थियो । हिरामणि सुवेदी हिरामणि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तालिममा स्वागत मन्तव्य कुश्मा नगरपालिकाका सुचना अधिकारी लालप्रसाद शर्मा र कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका ईन्जिनियर अर्जुन चापागाईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here