२८ साउन साजन परियार कुश्मा, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा दलित चिहानघाट सत्तलको निर्माण भएको छ । सत्तलको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले आज एक कार्यक्रमको विच उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै जोशीले विकास निर्माणका काममा एकता र सहकार्य आवश्यकता रहेको बताउनु भयो । उहाँले दुर्लुङमा प्रचुर पर्यटन सम्भावना रहेको उल्लेख गदै दुर्लुङलाई पर्यटकिय ठाउँको रुपमा विकास गर्ने सकिने बताउनु भयो । नेता जोशीले आफुले गरेको विकास निर्माणमा अवरोध नगरे समग्र जिल्लाले फड्र्को मार्ने बताउनु भयो । उहाँले विकास निर्माणका काममा आफुलाई उपयोग गर्न आग्रह गर्नुृभयो । जोशीले सरुवा, बढुवा र योजना पर्दा आफ्नो पार्टीको सदस्यता लिन लगाउने गतल राजनितिक प्रवृति पर्वतमा हावी भएको उल्लेख गदै विकास निर्माणमा आफुले कसैसँग भोट नमागेको दावी गर्नुभयो । ‘विकास मागेको आधारमा मलाई भोट दिनु पदैन,‘जोशीले भन्नुभयो म सबैको साझ प्रतिनिधी हो मलाई उपयोग गर्नुहोस।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य कुलप्रसाद उपाध्यायले विकास निर्माण काममा सधै चासो देखाउने तत्परता देखाउने विकास प्रमीनेता पर्वतले पाएको भन्दै जोशीको विकासवादी चिन्तनलाई खुलेर प्रशांसा गर्नुभयो ।चिहानघाट सत्तलको निर्माण समितिका अध्यक्ष देववहादुर विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुश्मा नगरपालिका–३ दुर्लुङका वडा सदस्य यमनाथ शर्मा, नेपाली काँग्रेस दुर्लङका सह–संयोजक दण्डमाणि पाध्य,नेकपा एमाले दुर्लङका संयोजक खड्कासिँह गुरुङ, माओवादी केन्द्र दुर्लुङका प्रमुख लालवहादुर गुरुङ, नेपाल भूपू संघ सैनिक संघका केन्द्रिय सदस्य सुकदार प्रेमवहादुर गुरुङ, स्थानिय शिक्षक तथा समाजसेवी शंकर गुरुङ, स्थानिय भिमराज पाध्या लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले निर्वाचिन क्षेत्र विकास कार्यक्रमवाट बिनियोजन गरेको २ लाख र स्थानिय जनसमुदायको ५० हजार बरावरको श्रमदानमा चिहानघाट सत्तलको निर्माण गरिएको हो । सत्तल उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य चिहानघाट सत्तलको निर्माण समितिका उपाध्यक्ष गैसला विक र कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कुश्मा नगरपालिका–३ दुर्लुङका सभापति बालकृष्ण शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here