उत्तम प्रसाद अधिकारी २८ श्रावण, २०७४ कुश्मा, पर्वत ।

महिलाहरुको सेवामुलक संस्था इनरह्वील क्लव अफ पर्वतको तेश्रो पदस्थापना समारोह शनिवार पर्वत सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ । इनरह्वील इन्टरनेशनल, डिष्टिक, ३५० अन्र्तगत तीन वर्ष पहिले पर्वत जिल्लामा सो क्लव स्थापना भएको हो । समारोहमा वर्ष २०१६/१७ का अध्यक्ष सावित्री खत्री क्षेत्रीले वर्ष २०१७/१८ का अध्यक्ष चन्द्रकला लम्साल पौडेललाई कलर लगाई क्लवको चार्टर सर्टिफिकेट, माइन्यूट लगायतका सामाग्री सहित आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।

नि.वर्तमान अध्यक्ष खत्री क्षेत्रीले आफ्नो कार्यकालमा विद्युतीय पुस्तकालय स्थापना, विद्यालयलाई कम्प्युटर वितरण, विपन्न बालबालिका शैक्षिक सामाग्री वितरण, जेष्ठ नागरिक सम्मान, विपन्न परिवारलाई न्यानो कपडा वितरण लगायत एक दर्जन सामुदायिक सेवाका कार्यक्रम सञ्चालन गरेता पनि अपेक्षा गरे वमोजिम काम गर्न नसकेको वताउनु भयो । जिम्मेवारी हस्तान्तरणसंगै पद तथा जिम्मेवारीको स्वीकारोक्ती मन्तव्य राख्दै वर्तमान अध्यक्ष पौडेलले विगतका कार्यक्रहरुलाई निरन्तरता दिंदै आफ्नो कार्यकालमा थप रचानात्मक कार्य गर्ने वताउनु भयो ।

कार्यक्रममा इनरह्वील डिष्ट्रिक, ३५० का इएसओ सरसिज पालिखेले प्रमुख अतिथिको आसनवाट वोल्दै इनरह्वील सेवाको भावले अभिप्रेरित महिलाहरुको सेवामुलक संस्था भएकाले क्लव सर्भिससंगै कम्प्युनिटी सर्भिसका गतिविधीलाई अझै जोड दिनु पर्ने वताउनु भयो । कार्यक्रममा डिष्ट्रिक आईएसओ विद्या गुरुङ्ग, इनरह्वील पर्वतका संस्थापक अध्यक्ष लक्ष्मी मेधासी, रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, इनरह्वील क्लव अफ पोखराका संस्थापक अध्यक्ष सोनु सिग्देल, रोटरी क्लवका पुर्व अध्यक्ष शिव शर्मा पौडेल, इडिटर खिममाया पाइजा गिरी लगायतले समाज सेवामा इनरह्वील क्लव र महिलाको भुमिकाको वारेमा चर्चा गर्नु भएको थियो । समारोहमा क्लवका अध्यक्ष चन्द्रकला लम्साल पौडेलले आफ्नो टिमको परिचयका साथ पदस्थापना गराउनु भएको थियो ।

आज पदस्थापित हुने पदाधिकारीहरुमा उपाध्यक्ष जमुना अधिकारी, आईपिपी सावित्री खत्री क्षेत्री, सचिव जलन खत्री के.सी., कोषाध्यक्ष अनिता चापागाई, आईएसओ लक्ष्मी कुमारी शर्मा, इडिटर खीममायाँ पाईजा गिरी हुनुहुन्छ । यसै गरी पदस्थापना हुने अन्य पदाधिकारीमा कार्यकारी सदस्य पार्वती ढकाल पौडेल, गंगा शर्मा, प्रेम कुमारी मल्ल, सिता कुमारी शर्मा, सुजता वि.पौडेल र मिना जोशी रहनु भएको छ । कार्यक्रममा अनुकरणीय महिला उद्यमी नममायाँ पुनलाई इनरह्वील व्यवसायिक सम्मान प्रदान गरिएको थियो ।

क्लवलाई उत्कृष्ट सहयोग गर्ने संस्थाहरु रोटरी पर्वत, नेष्डो नेपाल, अमरटिका फाउण्डेशन, नेपाल लगायत विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने इनरह्वील सन्ततीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम पश्चात हरितालिका तीजको अवसरमा दरखुवाउने कार्यक्रम समेत आयोजना गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष चन्द्रकला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जलन खत्री के.सी. गर्नु भएको थियो भने कार्यकारिणी सदस्य गंगा शर्माले स्वागत एवम् कोषाध्यक्ष अनिता चापागाईले धन्यवाद मन्तव्य राख्नु भएको सञ्चारकर्मी उत्तम अधिकारीले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here