साजन परियार
२८ साउन कुश्मा, पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा यहाँका तिन उद्यमी सम्मानित भएका छन् । जेसिज सप्ताह समुद्घाटन तथा युवा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा युवा कवि तथा साहित्यकार आर. के आदित्य गिरी,चित्रकार तथा मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ सम्मानित हुनुभएको छ । गिरीलाई साहित्य क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरिएको हो ।

त्यस्तै नेपालीलाई कला क्षेत्रमा योगदान गरेवापत सम्मान गरिएको हो,भने गुरुङलाई खेलक्षेत्रमा योगदान पु-याए वापत सम्मान गरिएको हो । उहाँहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका साँसद सदस्य अर्जुनप्रसाद जोशी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिताकाफ्ले लामिछानेले सम्मान गर्नुभएको हो । ती युवाहरुले आफु स्वरोजगार हुनुका साथै अरुलाई पनि सीपमूलक तालिम दिएर औद्यागिक विकासमा योगदान पु-याएकाले सम्मान गरिएको बताईएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका साँसद सदस्य अर्जुनप्रसाद जोशीले मुलुकको राष्ट्रियतालाई संवद्धन गर्न र भष्टाचार मुक्त समाज बनाउन युवा नेतृत्वको आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई समृद्धिको यात्रामा अगाडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई विष्पोट गर्नुपर्ने धारण राख्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले युवाहरुको नेतृत्वलाई अगडी बढाउन सके युवाहरुको जोश र जागरले देश विकास चाँडै हुने बताउनु भयो । उहाँले समाज परिर्वतनमा युवाहरुले मात्र परिर्वतन ल्याउन सक्ने दावी गर्नुभयो । देश विकासका लागि युवाहरले पहल गरे आर्थिक उपार्जनका क्षेत्रमा फड्को मार्न सकिने बताउनु भयो ।

पर्वत जसिजका अध्यक्ष प्रेम गुरुङ‘अशोक’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसिज अध्यक्ष क्लवका अध्यक्ष रविकुमार श्रेष्ठ पर्वत उद्दाेग वाणिज्य संघका महासिचव ठाकूर वि पाैडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक मन्जु सिलाकार र कार्यक्रमको उद्देश्य माथि कार्यक्रमका मुल संयोजक सुमन श्रेष्ठले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन पर्वत जेसिजका महासचिव हिमाल केसीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here