साजन परियार, फलेवास । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा  जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा चालक सामान्य घाईते भएका छन् ।

कुश्मा देखी रानीपानीका लागि छुटेको लु १ ज ३१९५ नम्वरको जिप खानीगाउँ वडा कार्यालय नजिक दुर्घटना भएको हो । उकालो कच्चीबाटोमा पानी परेको र चिप्लो भएकाले जिप दुर्घटना भएको े ईलाका प्रहरी कार्यालय राहालेका प्रमुख कामेश्वर पटेलले जानकारी  जनाएको छ ।

उक्त बाटो विगत लामो समय देखी जोखिममय छ । बाटो मर्मतका लागि नगरपालिका सँग पटकपटक माग गरेपनि कुनै सुनुवाई नभएको भन्दै स्थानियवासीले आक्रोश पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here