२७ साउन सरकारले १९ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीलाई अनशन तोड्न आग्रह सहितको प्रस्ताव पठाएको छ । उच्च स्रोतका अनुसार केसी पक्षले भने चिकित्सा शिक्षा विधेयकको मस्यौदा हेरेपछि मात्र प्रतिक्रिया दिने बताएका छन् । माथेमा आयोगको मूल भावनालाई पक्रँदै चिकित्सा शिक्षा विधेयक बनाउनेलगायतका अन्य मागहरुको सम्बोधन बारे प्रस्ताव राखिएको छ ।
नारायणकाजी श्रेष्ठको आयोजनामा गएराती ९ देखि १ बजेसम्म सोही बिषयमा बैठक भएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । सो बैठकमा स्वास्थ्यमन्त्री पोखरेल, शिक्षामन्त्री, पूर्वमन्त्रीहरु, शिक्षावीद केदारभक्त माथेमा, डा.भगवान कोइराला, डा.अर्जुन कार्की, मदन उपाध्याय, उमेशकान्त पोखरेल सँगै वार्ता टोलीका सदस्यहरु सहभागी थिए । छलफलले डा.केसीको मागहरुबारे एउटा मिलन विन्दु खोज्दै त्यसलाई उहाँसमक्ष अनशन तोड्ने प्रस्तावको रुपमा लिएर जाने निर्णय गरेको थियो ।
यसपछि आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले गएरातिको टोलीसहित महिला बालबालिका समिति सभापति रन्जु झालाई बोलाउनुभएको थियो । टोलीले गृहकार्य गर्दै अनशन तोड्न एउटा साझा सहमतिसहितको प्रस्ताव डा.केसीसमक्ष पठाएको स्वास्थ्यमन्त्री पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here