२७ साउन राजविराज: सप्तरीमा शुक्रबार भाइको कुटपिटबाट दाजुको ज्यान गएको छ। सप्तकोशी नगरपलिका ३ सखुवनीका ३० बर्षीय बलराम मुसहरको कुटाई बाट उनका दाजु ४० बर्षीय बलखु मुहसरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मादकपदार्थ सेवन गरी गएराति भएको विवादमा भाई बलरामले बलखुमाथी कुटपिट गरेको स्थानियले बताएका छन्। कुटपिटबाट गम्भिर घाइते बलखुको ओम शाही मनकामना अस्पताल फत्तेपुरमा उपचारका क्रममा शुक्रबार विहान ८ बजे मृत्यु भएको हो।

घटनास्थलमा पुगेको प्रहरी चौकी फत्तेपुरको टोलीले अरोपित बलरामलाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here