पर्वत, कुश्मा । लामो समय देखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय लोक दोहोरी गायक सुजन बराइली सम्मानित भएका छन् ।
बाइस्से चौबिस्से राज्यको इतिहास झल्काउने पर्वतको मल्लाज स्थित रहेको मल्लकालिन मल्लाजे दरवार संरक्षण एवम संचालक समितिले उनलाई सम्मान गरको हो । जलजला गाउपालिकाकाको मल्लाज माझफाट स्थित मल्लाज दरबारमा एक कार्यक्रमको आयोजना गरि बराईलीलाई सम्मान गरिएको हो ।
गायक बराईली साबिक मल्लाज क्षेत्रको बाताबरण, रहनसहन , र प्राकृतिक सौर्न्दर्य अनि सोही ठाउको वास्तविक पर्यावरणलाई आफ्नो गित संगीतको माध्यमबाट देश बिदेश मा प्रख्यात बनाउन सफल भएका सर्जक मानिन्छन् । उनका चर्चामा रहका गीतहरु मध्ये बोलाइ पासो भो,सम्झना आइरहन्छ,अन्त नजर,रमाइलो गर्ने यही बोलि,म्याग्देली ठिटो ,मायामा भुलियो,सम्झना जन्मभूमिको सालैजो उत्कृष्ट रहेका छन् ।
२०६१ सालमा कलाकारितामा आफ्नो भाग्य रेखा कोर्न काठमाडौ छिरेका बराईली साङ्गितिक यात्रासङ्गै सामाजिक कार्यमा पनि संलग्न रहेका छन् । उनको यहि कार्यलाई मुल्यांकन गर्दै समितिले मायाको चिनो सहित नगद रु. २५००० राशीले सम्मान गरेको हो ।
उक्त कार्यक्रम मा बिगत ३५ बर्ष सम्म अद्यापन गरायर भर्खर मात्र रिटयर हुन लागेको बिपिन बिहारी शुक्लालाई मायाको चिनो सहित विदाई गरिएको छ ।
कार्यक्रममा जलजला गाउपालिका वडा नम्बर ४ का नबनिर्बा्चित अध्यक्ष भीष्म मल्ल लगायत १ देखि ४ वडाका नबनिर्बा्चित प्रतिनिधिहरुले उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने गाउपालिका प्रमुख रामकृष्ण मल्ल थिए रहेको थिए । उनले गायक बराइलीको नेपाली संगीत क्षेत्र प्रतिको योगदान उल्खनिए भएको बताए ।

मल्लाज दरबारका सन्चालक मुकुन्द मल्लको अध्यक्षतामा र उनकै पहल मा रु २५ सहित सुजन बराईलीलाई सम्मान गरिएको हो । बराइलिले सन्झना जन्मभुमिको सालैजो गित बजारमा ल्याए पश्चात् मल्लाज दरबार हेर्नलाइ देश तथा बिदेशका पर्यटक आउने गरेको मल्लले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here