साजन परियार,कुश्मा, पर्वत । सुर्यप्रकाश माद्यामिक विद्यालय कुश्मा नगरपालिका–३ दुर्लुङले स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरलाई स्वागत तथा सम्मान गरेको छ । विद्यालयले हिजो एक कार्यक्रमको आयोजना गरि कुश्मा नगरपालिकाका मेयरा रामचन्द्र जोशी, उपमेयर सिता काफ्ले लामिछाने लगायत वडा अध्यक्ष एवम् सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका साँसद सदस्य अर्जुनप्रसाद जोशीले निषेध र स्वार्थको  राजनितिक गर्न नहुने बताउनु भएको छ । नेपाली जनतालाई सुहाउँदो राजनितिक गर्न उहाँले सुझाव दिनुभयो । नेता जोशीले नेपाली जनताले संविधान सभा मार्फत निर्माण गरेको नयाँ संविधानले सबै वर्ग तथा समुदायको अधिकार स्थानिय गरेको बताउँदै नयाँ संविधानको कार्यान्वयन गदै देशलाई सम्बृद्धितर्फ लैजानुपर्ने बताउनु भयो ।

कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले विकास निर्माण काममा कसैले पनि राजनितिक गर्न नहुने बताउनु भयो । उहाँले नगरको विकासका लागि स्थानियहरुले सबै राजनितिक दलका नेताहरुलाई झक्झकाउनु आवश्यक भएको भन्दै विकास जस्ले गरेपनि त्यो जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिनुपर्ने आधारण राख्नु भयो ।

उपमेयर सिता काफ्ले लामिछानेले नगरको विकासका लागि सबै दल मिल्नुको विकल्प नहरेको बताउँदै सबै मिलेर अगडी बढ्न सकेमात्र नगरको विकास हुने दावि गनुृभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका–३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्याले वडाको विकासका लागि सबै सँग समन्वय गरेर अगडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधी डण्डपाणि पाध्या, नेकपा एमालेका खडगसिँङ गुरुङ, माओवादी केन्द्रका भिस्मराज पाध्या, विद्यालयका पूर्व शिक्षक काशिराम पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

सुर्यप्रकाश माद्यामिक विद्यालय कुश्मा नगरपालिका–३ दुर्लुङका अध्यक्ष लेखनाथ पौड्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक रेश्मीराज शर्मा र नेपाली काँग्रेस पर्वतका सदस्य कुलप्रसाद पाध्याले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण शर्माले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here