२६ साउन जिल्ला वन कार्यालय पर्वत र सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको संयूक्त आयोजनामा जिल्ला समन्वय समिति पर्वतको सभाहलमा एक कार्यक्रमको अयोजना गरि राष्ट्रिय वन दिवस २०७४ मनाएको छ । नेपालमा सामुदायिक वनको शूरुआत भएको प्रकया र पर्वत जिल्लामा भएको सामुदायिक वनको अवस्थाको वारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद कल्पना चापागाईले सामुदायीक वन निजि क्षेत्र द्धारा व्यवस्थापन गरिएको नेपालको सफल कार्यक्रम भएको जानकारी गराउनु भयो । सामुदायिक वनक्षेत्रको संरक्षण,संम्वर्दन र उपभोग सवै उपभोक्ताको हातमा हुने हुदा त्यसको सफल व्यवस्थापन भएको हो । चाहिदा उपभोग गर्न पाई त्यो पनि समुदायमा मिलेर गर्नुपर्ने भएकाले सामुदायिक वन प्रति सवैको चासो वढेको धारणा व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्य समिक्षा शर्मा,नेकपा एमालेका प्रतिनिधि शेषराज शर्मा,स्थानिय विकास अधिकारी विष्णू प्रसाद भूषाल,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । साउन २५ गते भएको उक्त कार्यक्रममा सामुदायिक वनको सफल व्यवस्थापन गर्ने सामुदायिक वनका अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

सामुदायिक वनउपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले संचालन गरेको कार्यक्रममा स्वागत महासंघका महासचिव देवी लामछिानेले गरेकी थिईन भने समग्र सामुदायिक वनको अवस्थाको वारेमा जिल्ला वन कार्यलयका प्रतिनिधि शिव परियारले जानकारी गराएका थिए । जिल्ला वन कार्यालयका कार्यालय प्रमूख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वनका प्रतिनिधिहरु,कार्यालय प्रमूख,नागरिक समजमा प्रतिनिधिहरु,पत्रकार सवैको उपस्थिति रहेको थियो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here