२६ साउन – काभ्रे आन्दाजी २५ वर्षका तेजबहादुर कार्की इन्द्रावती नदीमा हामफाली बेपत्ता भएका छन् । उनको ठेगाना भने खुलेको छैन ।

‘मैले एक्लो भएर केही गर्न सकिनँ, म अब मर्दैछु, मेरो घरभेटीलाई सम्पर्क गर्नुस्, उहाँले मलाई लिन आउनुहुन्छ,’ भनि मोबाइल नम्बरसहितको सुसाइड नोट लेखेर उनी नदीमा हाम फालेका थिए ।

सोही नम्बरका आधारमा नाम खुलेको र ठेगाना भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

हाम फाल्नुअघि उनले नेपालटारस्थित घरभेटी कमल पाण्डेलाई फोन गरेर आफू ‘मर्न लागेको’ जानकारी गराएका थिए ।

सुसाइड नोटमा उनले मर्नुअघि सबै कुरा घरभेटीलाई भनेको उल्लेख गरेका छन् । घरभेटी र एउटै घरमा बस्ने साथीको मोबाइल नम्बर उल्लेख छ । घरभेटीले काभ्रे प्रहरीलाई फोन गर्न नपाउँदै स्थानीयले युवाले नदीमा हामफालेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here