
२५ साउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी चौतर्फी अवरोधबीच स्थानीय निर्वाचनमा पहिलो भएको बताएका छन् । मंगलबार प्रदेश १ का जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले एमालेलाई रोक्न राज्य सत्तासहित देशी–विदेशी शक्ति लागिपरेको आरोप लगाए । ‘राष्ट्रिय हितविपरीत काम नगर्ने अडानलाई छिमेकीले पनि सम्मान गर्नुपर्छ,’ उनले भने ।
प्रदेश २ मा पनि एमालेले अन्यत्रजस्तै जित हासिल गर्ने विश्वास गर्दै ओलीले त्यहाँका सामाजिक कुरीति हटाउनु प्रमुख काम रहेको बताए ।