२४ साउन पर्वत। नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीलाई पितृशोक परेको छ । गिरीका पिता बेल गिरीको ७० वर्षको उमेरमा आज विहान उहाँकै निवास कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगले पिडित गिरीका पिताको मंगलवारै कुश्मा नगरपालिका ५ मा रहेको मोदीवेणी घाटमा दाहसंस्कार गरिएको छ ।

उहाँको शब यात्रामा सयौ सर्वसाधारणहरुको सहभागिता रहेको थियो । स्वर्गिय गिरीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here