२४ साउन रत्ननगर । नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए । सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल ल्याइएकोमा उनको २३ गते दिउँसो ३ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

घटना हुनुअघि उनले मदिरा सेवन गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here