२३ साउन बाजुरा । मौसम खराब भएपछि बाजुराको बडीमालिका जाने क्रममा मृत्यु भएका तिर्थयात्री राम बहादुर बोहराको शव उठ्न सकेको छैन ।

शव लिन सुर्खेतबाट आएको हेलिकोप्टर मौसम खराब भएपछि त्रिवेणीधाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले बताए ।

अछामको मेल्लेख गाउँपालिका–५ का वडा अध्यक्ष बोहराको लेक लागेर मृत्यु  भएको थियो  । मृतकको शव गृह जिल्ला लिनका लागि आएको हेलिकोप्टर मौसम खरावीका कारण घटनास्थलमा बस्न सकेन ।

बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकोप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण अवतरण गराउन  समस्या भएको हो । घटनास्थलमा तीन जना प्रहरी र मृतकका आफन्त मात्र रहेको प्रहरीले जनाएको छ ।

शव लैजान हेलिकोप्टर बाहेक अन्य माध्यमबाट सम्भव नभएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले बताए । शव लैजान हेलिकोप्टर तयारीमा भएपनि मौसम खराब भएपछि कठिनाई भएको निमित्त प्रमुख जिल्ला अधिकारी मल्लको भनाई छ । हेलिकोप्टर समरजित गुल्ममा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here