२३ साउन पर्वत – पर्वतको फलेवास नगरपालिका ४ सिर्सुवाका मेगराज भुसालको हत्याको कारण अझै खुल्न सकेको छैन । हत्या गरेको भन्दै प्रहरीमा आत्मासमर्पण गरेकी महिलाले वयान फेरेकी छिन् । प्रहरी कार्यालयमा अनुसन्धानमा रहेकी कान्छिमाया तामाङले वयान फेरेको प्रहरीले जनाएको छ ।
अहिले आएर ति महिलाले आफ्नो श्रीमानले हत्या गरेको भनेर वयान दिएको प्रहरीले जनाएको छ । उनको वयान फेरिए संगै हत्यामा संलग्न एकजनामात्रै नभएर अरु पनि हुन सक्ने भन्दै अनुसन्धानको दायरालाई फराकिलो बनाएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले वताएका छन् ।
राईले भने ‘ हत्याको कारण यहि भन्ने यकिन हुन सकेको छैन, हामी अनुसन्धानमै छौँ, । उनले भने–‘जसले हामीकहाँ आत्मासमर्पण गर्न आएकी थिइन कान्छिमाया भन्ने महिला उनले आफ्नो श्रीमानले हत्या गरेको र घटना सार्वजनिक गरे आफैँलाई मार्ने धम्कि दिएको कारण ज्यान जोगाउन प्रहरी कार्यालयमा आएको वयान दिईन ।
उनको वयान अनुसार श्रीमानलाई पनि पक्रिएको छ । आफन्तहरुले हत्याको पछाडी आर्थिक लेनदेनको विषय हुन सक्ने आशंका गरेका छन् । भुसालले ललितपुरको गोदावारीको एक कृषि फर्ममा केहि व्याक्तिहरु संग मिलेर लगानी गरेका थिए । उनको लगानी हात पार्ने उदेश्यले भुसालको हत्या नियोजित तरिकाले गरिएको आशंका गरेका छन् ।
आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कारवाहिको माग गरेका छन् । भुसालको निधनले आफन्तजनहरु मर्माहत भएका छन् । उनी गाउँमा सज्जन र ईमान्दार व्याक्तिको रुपमा चिनिन्छन् । एयरलाईन्समा जागिरे रहेका भुसाल जागिरमा पनि उत्तिकै ईमान्दार रहेका थिए । उनको हत्याको खबर अपत्यारिलो लागेको मुडिकुवाका युवनाथ गौँडेल रेग्मीले वताए ।
भुसालकी श्रीमती शोभाले आफ्नो श्रीमानलाई षडयन्त्र पूर्वक मारिएको र घटनालाई कमजोर वनाउन अनेकन वाहना गरिएको वताईन । उनले भनिन्–‘म वोल्न सक्ने अवस्थामा छैन तर हत्यारालाई कारवाहिको दायरामा ल्याउन प्रहरीले कुनै कसुर वाँकि नराखोस । उनले हत्यामा एक जना नभएर ठुलै समुह सक्रिय रहेको दावी गरिन् । शोभाले हत्याको विषयमा भ्रामक हल्ला फिँजाइएको वताउनुभयो ।
मेगराज भुसालको यहि साउन १८ गते हत्या भएको थियो । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाको सत्यतथ्य चाँडै सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

४१ वर्षिया भुसालका वुवा, आमा, एक श्रीमती हुनहुन्छ । श्रीमती विदुत प्राधिकरणमा अधिकृत पदमा कार्यरत छिन् । उनका ११ वर्षको छोरी, १० महिनाको छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here