जुन व्यक्तिले हप्तामा तीन-चार पटकसम्म मदिरा सेवन गर्छन् उनीहरुलाई कहिल्यै मदिराको सेवन नगर्ने व्यक्तिहरुलाई भन्दा टाईप २ मधुमेह रोग लाग्ने सम्भावना कम रहन्छ। डेनमार्कका अनुसन्धानकर्ताहरुले उक्त कुरा बताएका हुन्।

रगतमा चिनिको मात्रा व्यबस्थापन गर्ने सम्भावनाका कारण खासगरी वाइनको सेवन फाइदाजनक हुनसक्ने डायवेटोलोजियामा प्रकाशित उक्त अध्ययनमा भनिएको छ।

अनुसन्धानकर्ताहरुले ७० हजार मानिसहरुलाई उनीहरुले सेवन गर्ने मदिराको परिमाण र उनीहरुले कतिचोटि पिउँछन् भन्ने बारे सोधपूछ गरेका थिए।

यसो भन्दैमा तोकिएको परिमाण भन्दा धेरै मदिरा पिउँन नहुने अनुसन्धानकर्ताहरुले बताएका छन्।